१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्चुगलको नागरिकता पाउने नेपाली टपटेनमा, एकबर्षमा ३१९ ले नागरिकता लिए

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार १९:२७

पोर्चुगलको नागरिकता पाउने नेपालीहरुको संख्या तीनबर्षमा तेब्बर भएको छ । सरकारी तथ्यांक अनुशार पोर्चुगलमा एकबर्षको अवधिमा ३१९ जना नेपालीहरुले त्यहाँको नागरिकता लिएका छन् ।

तीनबर्षको अवधिको तुलना गर्दा पोर्चुगलको नागरिकता लिने नेपालीहरुको संख्यामा तेब्बर बृद्धि भएको छ । सन् २०१५ मा १०२ जना नेपालीहरुले पोर्चुगलको नागरिकता लिएकोमा सन् २०१६ मा २३९ जना नेपालीहरुले लिएका थिए । सन् २०१७ मा आइपुग्दा यो संख्या बढेर ३१९ पुगेको हो ।

अमेरिकी भिसा, ग्रिनकार्ड, नागरिकता लगायत सबै अध्यागमन अपडेट भिडियोमा हेर्न खसोखासको युट्युब च्यानल सब्सक्राइब गर्नुहोस् ।

सन् २०१५ मा पोर्चुगलको नागरिकता लिने नेपालीहरुमा ८७ जना पुरुष र १५ जना महिला रहेका छन् । त्यस्तै सन् २०१६ मा पोर्चुगलको नागरिकता लिने नेपालीहरुमा १९० जना पुरुष र १ सय ३ जना महिला रहेका छन् । सन् २०१७ मा भने २०१ जना नेपाली पुरुष र ११८ जना महिलाले पोर्चुगलको नागरिकता लिए ।

पछिल्लो तथ्यांक हेर्दा पोर्चुगलको नागरिकता लिनेमा टपटेनमा नेपालीहरु रहेका छन् । नेपालीहरुले बंगालादेशी र पाकिस्तानीहरुलाई पनि उछिनेका छन् । सन् २०१७ मा १८ हजार २२ जना विदेशीहरुले पोर्चुगलको नागरिकता लिएका छन् ।

तपाईलाई अमेरिकामा नेपाली बोल्ने कानुन व्यवसायी वा पारालिगलसँग सम्पर्क गर्नुपर्ने छ ? क्लिक गर्नुहोस् ।
जसमध्ये ब्राजिलका ६०८४, केप भर्डका २५९१, युक्रेनका १९०९, गायना बिसउका १२२६, एंगोलाका १२२५, साओ टोमेका ७५३, भारतका ६९३, माल्डोभाका ४५३ र रोमानियाका ४१२ जना रहेका छन् । नेपालपछि पाकिस्तानका २९३ जना र बंगालादेशका १८९ जनाले सन् २०१७ मा पोर्चुगलको नागरिकता लिएका छन् ।