१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनले वैदेशिक रोजगारबाट फर्किएको महिलाको पुर्नस्थापनामा सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७५, बिहीबार २१:४४

लन्डन । गैरआवासीय नेपाली संघ महिला फोरम संयोजक रजनी प्रधान र सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनस्का प्रतिनिधीबीच वैदेशिक रोजगारमा रहेका महिलाको अवस्था एवं नेपाल फर्किएका महिलाहरुलाई पुर्नस्थापित गर्नेबारे छलफल भएको छ ।

सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेशनस्का संस्थापक अध्यक्ष दिपेन्द्र प्रधानाङ्ग, प्रबन्धक युवराज नेपाल र रिसर्च डाइरेक्टर डा केशव बस्याल सहित सचिवालयका प्रतिनिधी सहभागी छलफलमा विदेशमा रहेका महिला कामदारको अवस्था, उनीहरुको सुुरक्षा र विदेशबाट नेपालमा फर्किएका महिलाहरुलाई पुर्नस्थापनाका लागि विभिन्न अन्तरक्रिया कार्यक्रम एवं तालिम सञ्चालन गर्ने, सशक्तिकरणका विभिन्न विकल्पहरुको खोजी गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा अगामी दिनमा दुवै संस्थाबीच सहकार्य गरेर अघि बढ्ने र त्यसका लागि औपचारिक रुपमा सम्झौता एमओयू गरी विभिन्न कार्यक्रमहरु समेत गर्ने निर्णय गरिएको छ ।