१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपत्यकाको विद्युत आपूर्ति जुनसुकै बेला ठप्प हुन सक्ने

नेपालब्रिटेन डट कम्
२० आश्विन २०७३, बिहीबार १४:०२

काठमाडौं । काठमाडौको उपत्यकाको विद्यूत प्रसारण जुन सुकै बेला पनि बन्द हुने अवस्था छ । गत साउन १७ गते स्यूचाटार स्थित नेपाल विद्युत प्राधिकरणको सव स्टेसनमा आगलागी हुँदा पावर ट्रान्सफर्मरमा क्षति पुगेको र सो पावर ट्रान्सफर्मर दुई महिना बितिसक्दा पनि मर्मत हुन सकेको छैन । १ सय ३२ केभी प्रसारणलाई ६६ केवीमा परिणत गर्ने तीन वटा पावर ट्रान्सफर्मर मध्ये एक वटा पावर ट्रान्सफर्मर आगलागीमा नष्ट भएपछि अहिले सबै भार दुई वटा पावर ट्रान्सफर्मरमाथि आएको छ । दुई वटा पावर ट्रान्सफर्मरमाथि अत्याधिक भार पर्दा यी दुई ट्रान्सफर्मर जति बेला पनि बन्द हुन सक्ने प्राविधिकहरुले बताएका छन ।