१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सरकार र सीके राउतबीच ११ बुँदे सहमति

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०८:१६

काठमाडौं–सरकार र छुट्टै मधेसको माग गर्दै मधेसमा आन्दोलनरत सीके राउतबीच ११ बुँदे सहमति भएको छ ।
सहमतिसँगै अब सरकारले राउतलाई लोकतान्त्रिक दलको मान्यता दिएको छ भने सिकेले छुट्टै मधेसको अभियान छाड्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने, घाइतेको उपचार सरकारले गर्ने, मृतक एकजनाको परिवारलाई सरकारले उचित क्षतिपूर्ति र रोजगारी दिने लगायत उल्लेख छ।