१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिके राउतले भने–हामी बुद्धका सन्तान हौं

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०८:५८

काठमाडौं–स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले आफूहरु बुद्धको सन्तान भएको भन्दै हिंसा नचाहने बताएका छन् ।
‘हिंसात्मक आन्दोलन गर्न सजिलो छ । आफैं पिटाइ खाएर बस्न चाहिँ गाह्रो हुन्छ । हामीलाई जति दमन गरेपनि हामी सिंसात्मक भएनौं । शान्तिपूर्ण रुपमै अवतरुण हुँदैछौं । सबै धन्यवादका पत्र हुनुहुन्छ ’, शुक्रबार राजधानीमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा राउतले भने । उनले राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभूतालाई स्वीकार गर्दै राजनीतिक स्पेश प्रदान गरेकोमा पनि सबैलाई धन्यवाद दिए ।
लोकतन्त्रमा जनता नै सर्वोपरी हुने भन्दै अहिले भएको सहमतिलाई कसैलेले पनि अनर्थ नलगाउन नहुनेमा जोड दिए ।
उनले अहिले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला नभएको भन्दै जनताले चाहेपनि जे पनि हासिल गर्न सकिने बताए ।