१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रेशम चौधरी प्रकरणमा राजपालाई ओलीको जवाफ– बिरालोले खाँबो चिथ्योर्यो

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०९:०७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोमा कटाक्ष गरेका छन् ।
उनले टीकापुर काण्डमा रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला गर्नुमा सरकारको कुनै भूमिका नै हुन नसक्ने भन्दै बुझेर पनि राजपाले कुतर्क गरिहेको बताए ।
‘अदालत राज्यको अंग हो । तर सरकारको अंग होइन । सरकारले अदालतलाई आदेश दिन सक्दैन । घटना आदी इत्यादिलाई लिएर कानुनसम्बमत हेर्ने मात्रै हो’, ओलीले भने, ‘एउटा राजनीतिक पार्टीले सरकारलाई आरोप लगाउन तिलको दाना, तोरी मकैको दानासमेत टिपेको छ । सरकारविरुद्ध अभियोगपत्र तयार गरेर समर्थन फिर्ता लियो । बिरालो रिसायो भने मान्छेलाई चिथोर्न सक्दैन खाँबोतिर चिथोर्छ । अदालतको निर्णयमा सरकारलाई चिथोर्छ ।’
उनले आवेश र उत्तेजनाको राजनीति नगर्न राजपालाई सुझाए ।