१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन महिला फोरम अन्तर्राष्ट्रिय नारीदिवसमा सहभागी

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०९:१३

आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल सरकार महिला, बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्राललयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवसीय नेपाली संघको टोलिको सहभागीता रहेको छ । उक्त प्रभातफेरी पुतली सडग, बागबजार हुंदै भृकुटीमण्डपमा नै गएर कोणसभामा परिणत भएको थियो ।

प्रभात फेरीको सुरुमा नै महिला संयोजक रजनी प्रधानले महिलाका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता र विभेदरहित व्यवहार हुनु पर्नेमा जोड दिदैं समान समाज निर्माणका लागि सबैको सोंच र व्यवहारमा पनि समानताको खाँचो औल्याउनु भयो । केही सिमित लैगिक समानताको प्रगती भएता पनि सबै क्षेत्रमा समानता प्रत्याभूत हुने गरी समान अवसर समान सहभागिता र समान पहुँचमा नेपाल सरकार लगायत सरोकारवालाहरुले ध्यान दिनु पर्ने उहाँको भनाई थियो ।

“लैंगिक समानताका लागि समान सोंच र व्यवहार : समृद्धिको आधार (Think Equal, Build Smart, Innovate for Change) भन्ने राष्ट्रिय नाराका साथ आयोजना गरिएको र्‍यालीमा सहभागी संघसंस्थाहरुले ‘महिला हिंसा अन्त्य गरौ” जस्ता महिला हिंसा विरुद्ध लेखिएका प्लेकार्ड बोकेका थिए । आजको समारोहमा महिला हिंसा अन्त्य गर्ने बारे प्रतिबद्धता गरिएको व्यानरमा गैरआवासीय नेपाली संघ महिला फोरमका संयोजक रजनी प्रधानले हस्ताक्षर गर्नु भयो ।

यसै अवसर पारेर संघको महिला फोरम तथा रक्त संचार उपसमितिको सहयोगमा रत्नपार्क स्थित शान्तीबाटीकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा ३० जना भन्दा व्यक्तिहरुले रक्तदान गर्नु भएको थियो । रक्तदान गरेकाहरुलाई संघका महिला संयोजक रजनी प्रधानले प्रमाण पत्र वितरण गर्नुका साथै यस्तो पुनित कार्यमा सहभागीता जनाउनु भएकोमा हार्दिक आभार प्रकट गर्नु भयो । उहाँले महिला फोरमले यस्तो कार्यक्रम पहिलो चोटी गरेको र भविष्यमा पनि यसलाई निरन्तर दिने बताउनु भयो । आजको दिन संघको विभिन्न मुलुकमा अवस्थित एनसिसि तथा महिला फोरमले विभिन्न कर्यक्रमहरु आयोजना गरी अन्तर्राष्ट्रिय नारि दिवस मनाइरहेको महिला जानकारी गराउनुका साथै उहाँले यस दिवसको अवसरमा विभिन्न मुलुकमा रहनु भएका महिलाहरुको समृद्धिको लागि शुभकामना व्यक्त गर्दै सबैलाई हार्दिक बधाई ज्ञापन गर्नु भएको छ । नेपालकी चर्चित गायिका श्री इन्दिरा जोशीले पनि यस कार्यक्रम सहभागीता जनाइ हौंसला प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला संयोजक रजनी प्रधान, स्पेनका आइसिसि सदस्य शितल भूर्तेल, एनआरएन जर्मनीका इम्प्रेस सिंह लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरु र सचिवालयका कर्माचारीहरुको सहभागीता रहेको थियो ।