१३ बैशाख २०८१, बिहीबार
Follow Us

केपी ओलीले भने–विप्लवलाई नेकपा भन्न लाज हुन्छ, पार्टीको नाम लुटेरा समूह राख

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०९:२१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपाको कडा शब्दमा आलोचना गरेका छन् । उनले नेकपाले राजनीतिक गतिविधि नगरेको दाबी गर्दै उसलाई लुटेरा समूहको संज्ञा दिए ।

विप्लवको पार्टीलाई नेकपा भन्न पनि लाज हुने भन्दै ओलीले पार्टीको नाम लुटेरा समूह विप्लव राख्न सुझाए ।

शुक्रबार राजधानीमा आयोजित राजनीतिक सहमति कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘नेकपा भन्न लाज हुन्छ । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि भएपनि नेकपा भन्ने बर्को त फालन न । त्यस्ताले पनि नेकपा भनेको छ । आफूले पनि नेकपा भन्नु परेको छ, बेइज्जत भइसक्यो नेकपा भन्न ।