१४ बैशाख २०८१, शुक्रबार
Follow Us

के छ सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा ? (पूर्णपाठसहित)

sarusaru
२४ फाल्गुन २०७५, शुक्रबार ०९:३८

काठमाडौं– मधेसमा राष्ट्रिय अखण्डताविरोधी गतिविधि गर्दै आएको सीके राउतले सो गतिविधि छाड्ने सहमति जनाएको छ । उसको सहमतिपछि सरकार र राउतको स्वतन्त्र मधेस गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र राउतले शुक्रबार काठमाडौंमा सो सहमति पत्रमा हस्ताक्षर गरे ।
सहमतिमा गठबन्धनले मुलुकको अखण्डतालाई स्विकार गरेको छ भने सरकारले गठबन्धनका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिने तथा जेलमा रहेका उनीहरुका नेता, कार्यकर्तालाई रिहा गर्ने भएको छ ।

त्यसैगरी गठबन्धनले संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपाल अभिभाज्य राष्ट्र हो भनेर स्विकार गरेको छ । तराई मधेशमा देखिएको असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने पनि दुई पक्षबीच हस्ताक्षर गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

सहमति अनुसार हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताका परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति र परिवारका एक जना सदस्यलाई रोजगारी दिने पनि उल्लेख गरिएको छ । स्वतन्त्र मधेश गठबन्धनको आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने पनि सहमति भएको छ । हस्ताक्षरपछि सम्बोधन गर्दै प्रम ओली र सिके राउतले एकअर्काको प्रशंसा गरेका थिए ।
सहमतिपत्र हेर्नुहोस्