१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विप्लवको हिंसा चन्दा असुलीको माध्यमः मन्त्री ज्ञवाली

sarusaru
२४ फाल्गुन २०७५, शुक्रबार ०९:५६

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लप समुह राजनितीक आवरणमा गरिएको हिंसा चन्दा अशुलीको मध्यम बनेको अरोप लगाएका छन ।

कसले चन्दा दियो कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो उनले भने त्यस्ता गतिविधीले अन्तराष्ट्रिय लगानीकर्तालाई समेत त्रसाउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधी गरिरहन दिदैन । ’ उनले त्यस्ता हिंसात्मक गतिविधीले केहि मानिसहरुलाई केहि समय जुर्मुराउने बनाए पनि धेरै दिन नटिक्ने बताए । गुल्मी क्षेत्र नम्वर १ का जनप्रतिनिधीहरुलाई सम्वोधन गर्न शुक्रवार जिल्ला आएका उनले यस्तो बताएका हुन् ।