१२ बैशाख २०८१, बुधबार
Follow Us

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार १५:१०

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ ।

शुक्रबार साँझ उनको घरमा रोकेर राखिएको कारमा बम विस्फोट भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।
विस्फोटबाट पार्किङ गरेर राखिएको एउटा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने आसपासका घरका सिसा समेत फुटेको छ ।

बिस्फोटबाट गुरूङको घरमा रहेको सटर भाडा लिएर बस्ने मणिराम पौडले घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ।

विस्फोट कसले गराएको हो भन्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।