लण्डन । सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच शुक्रबार भएको ११ बुँदे सहमतिमा विभिन्न प्रश्न उठेको छ। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसहित प्रतिपक्षी दलका नेताहरूले समेत सामाजिक संजाल मार्फत सो सहमति प्रति अनेकथरी प्रतिक्रिया दिए लगत्तै विदेशस्थित नेपाली समुदायले समेत निकै चासो दिएका छन् ।
सिके राउतसँगको सम्झौताबारे सत्तारुढ दल आवद्ध नेता तथा कार्यकर्ताहरुले समेत असन्तुष्टि जनाएका छन्। यस्तै वेलायतमा रहेका नेपालीहरु के भन्छन् हेरौं उनीहरुको बिचार जस्ताको तस्तै ।
डा सिके रावतले विगतको राजनीति बिसाई नेपालको संबिधानलाई सर्वोपरि ठानी मूलधारको राजनीतिक यात्राको शुभारम्भ गर्न नेपाल सरकारसंग गरेको सहमति स्वागतयोग्य छ । यसले नेपालमा दिगोशान्ति ल्याई "समृद्ध नेपाल सुखी नेपाली" बनाउने राष्ट्रिय अभियानमा महत्वपूर्ण भूमिका खेल्ने नै छ ।
— Bhakta Gurung (@bhaktauk) March 8, 2019
मधेश समस्याको एउटा जड हाम्रा पहाडी उग्र वादीहरुको मधेशी प्रति हेर्ने घृणाको भावना नै थियो | सम्झौता पत्रमा एउटा निरिह मधेसी झुक्यो पहाडे सत्तासामु डरायो भन्नु पर्थ्यो कि के को रोइलो हो ?
सिकेले आफ्नै इच्छाले… https://t.co/ZhlJRNsF5y
— Jagan Karki (@jaganbimal) March 8, 2019
"तराईमा जनमत संग्रह गर्ने गरी सिके राउतसंग संझौता भएको हो भने यो रास्ट्रप्रतीको धोका र रास्ट्रघाती कदम हो ! यदि जनमतमा जाने हो भने तराईमा बिवाहमा फ्रिजसंग साटीएका नागरिकता खोसिनु पर्छ"@BishnuRimal
— Chiran Sharma (@chiranuk) March 8, 2019