६ बैशाख २०८१, बिहीबार
Follow Us

को हुन् राउत ?

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार ०१:५५

सप्तरीको महदेवा गाउँमा जन्मिएका राउत सन् २०११ मा अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदारहँदै राजीनामा दिएर नेपाल फर्किएका थिए ।

त्यसअघि पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक सकेको केही समयपछि जापान सरकारले दिने गरेको मोनबुसो स्कलरसिपमा अध्ययनका लागि त्यहाँ पुगे ।

अमेरिकामा रहेकै वेला उनले मधेसी हकहितका लागि अन्तर्राष्ट्रियस्तरमा काम गर्ने गरी गैरआवासीय मधेसी संघ गठन गरेका थिए ।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज युनिभर्सिटीमा राउतले विद्यावारिधि गरे । सन् २००६ अगस्टमा स्वदेश फर्किएका उनले मधेस आन्दोलन सुरु भएलगत्तै ‘मधेस अधिकार एवं स्वतन्त्रता गठबन्धन’ स्थापना गरेका थिए । नेपाली उपनिवेश र रंगभेदको अन्त्य, मधेसीको समोचित अधिकार र मधेसको स्वतन्त्रताको प्राप्ति र गणतान्त्रिक मधेसको स्थापना’ उनको मूल उद्देश्य थियो ।

मधेसको झन्डा र राष्ट्रगानसमेत छुट्टै बनाएका थिए । तर, मधेसलाई नेपालबाट पूर्ण रूपमा अलग्याउने अभिव्यक्ति र गतिविधिका कारण उनी आलोचित बने । राज्यको निगरानीमा परे । उनले मधेसलाई नेपालबाट पूर्ण रूपमा अलग्याउनुपर्ने धारणा ‘मधेस स्वराज’नामक पुस्तकमै लेखेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।