११ बैशाख २०८१, मंगलवार
Follow Us

मन्त्रीको निधनपछि ९ हेलिकप्टरका १३ वटा सिट निकालियो

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार ०२:४७

काठमाडौं– गत १५ फागुनमा ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर सेवा सञ्चालनसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार अब हेलिकप्टरमा बढीमा ६ वटा सिटमात्रै हुनेछ । यसअघि ७ जनासम्म बस्न पाउने व्यवस्था थियो ।

नयाँ व्यवस्थाअनुसार हाल सञ्चालनमा रहेका विभिन्न ९ वटा हेलिकप्टरबाट १३ वटा सिट निकालिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले यससम्बन्धी बिहीबार निर्णय गरेको थियो र शुक्रबार १३ वटा सिट निकालिएको हो