८ बैशाख २०८१, शनिबार
Follow Us

सिके राउतसँग सहमतिपछि ओली मधेस पुगे

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७५, शनिबार ०६:२२

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २ नम्बर प्रदेशस्तरीय आमसभामा आज रौतहटमा हुँदैछ ।
नेकपा प्रदेश नम्बर २ कमिटीको आयोजनामा रौतहटको गरुडामा हुने आम सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले सम्बोधन गर्दै हुनुहुन्छ ।
नेकपा प्रदेश २ ईञ्चार्ज सत्यनारायण मण्डलले आमसभामा १ लाख जनता उतार्ने तयारी भइरहेको जानकारी दिनुभएको छ । पार्टी एकीकरणपछि नेकपाले मधेसमा राजनीतिक वैचारिक सभा गर्न लागेको हो ।
आमसभा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । विभिन्न सञ्चार माध्यमले आमसभाको प्रत्यक्ष प्रशारण गर्नेछन् ।