८ बैशाख २०८१, शनिबार
Follow Us

पिटरबरो नेपाली समाजले गर्यो दसैं कार्यक्रम

नेपालब्रिटेन डट कम्
२१ आश्विन २०७३, शुक्रबार ०७:५५

पिटरबरो नेपाली समाज बेलायतले ३ अक्टोबर २०१६ सोमबारका दिन स्थानीय बा सोह रेष्टुरेन्टमा बिजया दशमी शुभकामना आदान प्रदान साँझ सम्पन गरेको छ।
समाजका अध्यक्ष पवन शर्माको अध्यक्षता सम्पन्न कार्यक्रमलाई महासचिब नृपेश उप्रेतीले संचालन गरेका थिए।
कार्यक्रमको आकर्षण तथा प्रमुख अतिथी थिए नेपालबाट आएका चर्चित गायक एबम संगीतकार थानेश्वर गौतम । उनलाई अध्यक्ष शर्मा तथा समाजका सल्लाहकार रामबाबू कोइरालाले खादा ओडाएर समाजको तर्फबाट सम्मान गर्नुभएको थियो। कार्यक्रममा गायक गौतमले आफ्ना चर्चित गीतहरु गाएर पिटरबरोबासी हरुलाई नचाएका थिए।
साथमा स्थानिय कलाकारहरुको पनि मनोरंजक प्रस्तुती थियो। चर्चित गायक सुमेर ज्ञवालीको गीतमा सबै झुमेका थिए भने दिलिप तामाङले गायन प्रस्तुत गर्दा नाच्नेहरुको भिड नै लागेको थियो।

त्यसैगरि रहना शर्मा शान्ती पाण्डे, रोजिना कार्की सिजन भुषाल सोनिषा भट्टराई ज्योती बिष्ट प्रजंल बिक जास्मिन बिष्ट र आयुष्मा कार्की निकै आकर्षक नृत्य गरेर सबैको मन जितेका थिए। जसको संयोजन समाजका सहकोषाध्यक्ष संगीता कोइरालाले गर्नु भएको थियो।
समाजका उपाध्यक्ष शिव भण्डारीले कार्यक्रममा उपस्थित हुनेहरुलाई स्वागतमा स्वागत मन्तब्य राख्दै समाजमा घटेका सुखदुख घटनाहरु सबैसंग साट्नु भएको थियो। शुभकामना मन्तब्य राख्ने क्रममा समाजका पुर्व अध्यक्ष एबम् साझा नेपाली समाजका कार्यवाहक अध्यक्ष महेश अधिकारीले पिटरबरो नेपाली समाजको हालै गठित नयाँ कार्यसमितिले लिएको गति र नेपाली भाषा, संस्कृतिप्रति समाजभित्र चालेको कदमको सह्राना गर्दै यसका लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागि आफू सदा तत्पर रहने प्रतिबद्धता पनि ब्यक्त गर्नु भएको थियो। त्यसैगरि समाजका निवर्तमान अध्यक्ष एबम सल्लाहकार केशब भण्डरीले पिटरबरो नेपाली समाजको नयाँ कार्यसमितिले सुरु गरेको नेपाली कक्षा, योगा तथा नियमित खेलकुद कार्यक्रमहरुको प्रशंसा गर्दै हामी सबै समाज साथ र सहयोग भए मात्र यस्ता कार्यक्रमहरुले सफलता र निरन्तरता पाउने बताउनु भएको थियो।

कार्यक्रममा पिटरबरो काउन्सिलको प्रतिनिधित्व गर्दै काउन्सिलर गुल नवाज उपस्थित हुनु भएको थियो। उहाँले पिटरबरो नेपाली समाज सभ्य ससक्त र संस्कृतीले सम्पन्न समाज भएको उल्लेख गर्दै आफ्नो तर्फबाट यस समाजलाई गर्नु पर्ने हर सहयोग गर्न आफू तयार रहेको बताउनु भएको थियो। त्यसैगरी कार्यक्रमका अर्का अतिथी हाम्रो नेपाली समाजका अध्यक्ष कृष्ण प्रसाद शर्माले सबैलाई दसैंको शुभकामना दिनु भएको थियो।
अध्यक्ष पवन शर्मा मन्तव्य संगै औपचारिक कार्यक्रम समाप्त भएर सांगीतिक कार्यक्रम सुरु भएको थियो। र औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले यसरी नेपालका चर्चित कलाकारहरु निम्ताएर कार्यक्रम गर्नु र चाडपर्व मनाउनुको मुख्य उदेश्य मनोरंजन मात्र नभइ नेपाली कला संस्कृतीको बिदेशमा पनि संरक्षण र सम्बर्द्धन र नयाँ पुस्तालाई आफ्नोपन प्रति परिचित र आकर्षित गराउने प्रयास हो भन्नू भएको थियो। यसको लागि पिटरबरो नेपाली समाज ब्यक्तिगत स्वार्थ भन्दा उठेर निस्वार्थ भावनाले लागि परेको र पर्नु पर्ने कुरामा जोड दिनु भएको थियो।

यस सुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रम संचालक एब समाजका महासचिब नृपेश उप्रेती र सल्लाहकार भरत पान्डेले मुक्तक सुनाउनु भएको थियो। त्यसैगरि पिटरबरोमा नयाँ बसाइँ सरेर आउनेहरु लगायत नेपालबाट परिवार भेट्न आउनु हुने बुवा आमाहरुलाई स्वागत गरिएको थियो। साथै यो बर्ष युनिभर्सिटीमा डिग्री हासिल गर्ने, युनिभर्सिटी जाने ए लेभल र जिसिएससिइ आदि शैक्षिक उपलब्धी हासिल गर्ने नयाँ पुस्तालाई हौसला प्रदान गरिएको थियो। कार्यक्रममा समाजका कोषाध्यक्ष बिष्णु थापाले आकर्षक पुरस्कार सहितको राफल ड्र संचालन गर्नु भएको थियो। समाजको तर्फबाट महासचिव एबम कार्यक्रम संचालक उप्रेतीले कार्यक्रमलाई आर्थिक सहयोग गर्ने संस्थाहरु तथा ब्यक्ति जिमि स्पाइसी, गोर्खा ओभन रेष्टुरेन्ट स्पोल्डिङ, गोर्खा ९१ रेष्टुरेन्ट डिपिङ, गोर्खा ९१ रेष्टुरेन्ट बोर्न, गोर्खा ट्याक्सी र डा. राजु सापकोटालाई बिशेष धन्यवाद दिनु भएको थियो।
3

2

1