८ बैशाख २०८१, शनिबार
Follow Us

१४९ जना यात्रु बोकेको विमान दुर्घटनामा

sarusaru
२६ फाल्गुन २०७५, आईतवार ०९:५५

इथियोपियाको आदिस अबासाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।

उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतवार बिहान ८ बजेर ४४ मिनेटमा दुर्घटना भएको एकजना प्रवक्ताले बताएका छन्।

एउटा विज्ञप्ति जारी गर्दै एयरलाइन्सले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ।