१३ बैशाख २०८१, बिहीबार
Follow Us

हाम्रै नेपालमा १० वर्षको उमेरमा प्रेम चक्कर, अनि जन्मियो बच्चा

sarusaru
२६ फाल्गुन २०७५, आईतवार ११:१९

बुटवल– ‘उनीसँग मेरो भेट हुँदा म १० वर्षकी थिएँ । हामी एउटै स्कुलमा पढ्थ्यौं । उनी बस्ने र मेरो घर नजिकै थियो । उनी मेरो घरमा आइरहन्थे । यस्तो होला भन्ने मलाई थाह थिएन । मैले माइतीमै तीन हप्ताअघि छोरी जन्माएकी छु’, आइतबार बर्दियाकी १२ वर्षीया बालिका सविता (नाम परिवर्तन) ले भनिन् । सविताको बिहे भएको छैन । तर कलिलो उमेरमै प्रेम र त्यसपछिको शारीरिक सम्बन्धबाट उनले कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी छिन् ।

बर्दियाको गेरुवा गाउँपालिका–४ खनपुरस्थित सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत सविताले जुम्लाका श्याम (नाम परिवर्तन) सँगको प्रेम र त्यसपछिको सम्बन्धबाट कलिलो उमेरमै सन्तानलाई जन्म दिएकी हुन् ।

श्यामको उमेर पनि भर्खर १४ वर्ष भएको छ । जुम्लाको मालिकाफाँट गाउँपालिका घर भएका रावत बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै आएका थिए ।

सविताले श्यामसँग प्रेम सम्बन्धपछि अन्जानबस सन्तान हुन गएको बताइन् । श्यामले पनि आफूहरुलाई यस्तो होला भन्ने थाहै नभएको बताए ।
२०६३ चैत्र १३ गते जन्मिएकी सविताले फागुन ७ गते माइतीघरमा छोरीको जन्म दिएकी हुन् ।

‘घर नजिक–नजिकछ । दुबैबीच आउने जाने हुने गथ्र्यो । मैले त्यस्ता बालबालिकामा कुनै पाप–शंका गरिनँ, आखिर त्यस्तो सम्वन्ध रहेछ’ सविताकी आमाले भनिन्, ‘सविता जेठी छोरी हो । मैले कान्छी छोरी आउँदो बैशाख २९ गते एक वर्षकी पुग्दैछिन् ।’
उनले छोरीले बच्चा जन्माएको थाहा पाएर श्रीमान रिसाएर नेपालगञ्ज तिर गएको भन्दै अहिले आफू निकै तनावमा रहेको बताइन् ।

गेरुवा गाउँपालिकास्थित वडा नम्वर ४ का वडाध्यक्ष बलबहादुर चलाउनेले बालिकाको माइतीको आर्थिक अवस्था कमजोर रहेको भन्दै नवजात शिशुलाई पौष्टिक आहराको अभाव रहेको बताए ।

उक्त घटना भएको थाहा पाएपछि जुम्लाको तिला भन्ने गाउँबाट श्यामका हजुरबुवा गेरुवा आइपुगेका छन् । यस्तो घटना भएपछि दुबैका परिवार आपसी समझदारीमा बिहे गराउन जुटेको बताइएको छ ।

वडाध्यक्ष चलाउने सहितका स्थानियवासीले भने सविताको शरीर सुनिएको र पौष्टिक आहरकोकमीले आमाबच्चा जोखिममा पर्न सक्ने भन्दै उद्धारका लागि अनुरोध गरेका छन् ।