१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनमतसंग्रहको कुरा अस्वीकार्य मात्र होइन राष्ट्रघाती होः नेता केसी

sarusaru
२६ फाल्गुन २०७५, आईतवार १२:३८

काठमाडौं– काँग्रेस प्रभावशाली नेता तथा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतसँग भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन्। शुक्रबार राउत र सरकारबीच ११ बुँदे सहमति भएको थियो ।
एक ट्वीटमार्फत केसीले पृथकतावादी राजनीतिमा संलग्न रहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागतयोग्य भएपनि सार्वभौमिकता अविभाज्य भएको बताएका छन् ।
यसबारे जनमतसंग्रहको कुरा गरिनु अस्वीकार्य मात्र होइन राष्ट्रघातीहो भन्दै नेता केसीले सरकारले यसबारे तुरुन्त स्पष्ट गर्नुपर्ने माग गरेका छन् ।
‘पृथकतावादी राजनीतिमा संलग्नरहेकाहरु मुलधारको राजनीतिमा प्रवेश गर्नु स्वागत योग्य हो।तर ताजा पूर्वस्मृतिहरू चटक्कै बिर्सन सकिन्न, कार्यबाटै प्रमाणित गरिनु पर्छ’ उनले भनेका छन्, ‘ सार्वभौमिकता अविभाज्य छ।
यसबारे जनमतसंग्रहको कुराअस्वीकार्य मात्र होइन राष्ट्रघाती हो।सरकार यसबारे तुरुन्त स्पष्ट गर।’

सिके राउतसँग भएको सहमतिपछि विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेता केसीबाट यस्तो धारणा आएको हो ।