१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनामा नेपालीको पनि मृत्यु भएको पुष्टि


२६ फाल्गुन २०७५, आईतवार १४:१७

लण्डन– इथोयोपियन एयरलाइन्सको विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु भएको छ । एयरलाइन्सले दिएको जानकारीअनुसार नेपालीको मृत्यु भएको हो । एयरलाइन्सले नेपाली पासपोर्टबाहक ती नेपालीको परिचय भने खुलाएको छैन ।
आइतबार विहान दुर्घटनाग्रस्त विमानमा नेपालसहित अरु ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि रहेको पनि एयरलाइनसले जनाएको छ ।

विमानमा सबैभन्दा धेरै केन्याका ३२ जना नागरिक रहेको खुलेको छ ।
यस्तै १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ ।
इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा परेको थियो । दुर्घटनामा सबैको मृत्यु भएको छ ।
कुन देशका कति नागरिकको मृत्यु भयो यो सूची हेर्नुहोस्