८ बैशाख २०८१, शनिबार
Follow Us

इथियोपिया विमान दुर्घटनामा मृत्यु हुने नेपाली एकता अधिकारी


२६ फाल्गुन २०७५, आईतवार १६:११

काठमाडौं– इथियोपिया विमान दुर्घटनमा मृत्यु हुने नेपाली गोरखाकी एक महिला रहेको बताइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्रोतका मृत्यु हुने एकता अधिकारी इथियोपियास्थित संयुक्र राष्ट्र संघ अन्तर्गतको विश्व खाद्य कार्यक्रममा कार्यरत रहेको बताइएको छ ।

उनी इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका एक कार्यक्रमको सिलसिलामा त्यहाँ जादै गरेको बताइएपनि आधिकारिक रुपमा पुष्टि हुन बाँकी रहेको छ ।

आइतबार विहान भएको दुर्घटनाग्रस्त विमानमा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एएरलाइन’ ले जानकारी दिएको छ ।

विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ ।

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । चार जनाको राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ ।

कम्पनीले विमानमा सवार चालकदलका सदस्यसहित सम्पूर्ण १५७ जनाको मृत्यु भएको यस अघि नै पुष्टि गरिसकेको छ ।