१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वेलायतमा एभ्रेष्ट रोड, अमेरिकामा ‘माउन्ट एभरेस्ट वे’


२६ फाल्गुन २०७५, आईतवार १६:४८

लण्डन । अमेरिकाको न्युयोर्कको एउटा बाटोको नाम माउन्ट एभरेस्ट वे राखिएको छ। स्थानीय समयअनुसार शनिबार राति न्युयोर्कको ज्याक्सन हाइटस्थित ७५ स्ट्रीटको ३१ एभको बाटो माउन्ट एभरेस्ट वे भएको औपचारिक घोषणा गरिएको हो।
नेपाली समुदायको सम्मानमा बाटोको नामकरण गरिएको न्युयोर्क सिटिको काउन्सिल मेम्बर कोष्टा कोष्टनडिसले बताए।

घोषणा कार्यक्रममा काउन्सिल मेम्बर कोष्ट, अमेरिकाको लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपाली कन्सुलेटकी महाबाणिज्यदुत पुष्पा भट्टराईलगायले सम्बोधन गरेका थिए ।
यसअघि वेलायतका विभिन्न काउन्सिलहरुले समेत रोडको नेपाली नामाकरण गरेका छन् । लण्डनस्थित हित्रो विमानस्थल नजिकको स्ट्यावेलमा समेत एभ्रेष्ट रोड देख्न पाइन्छ ।