१२ बैशाख २०८१, बुधबार
Follow Us

ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

नेपालब्रिटेन डट कम्
२६ फाल्गुन २०७५, आईतवार २०:१२

अल्डरसट । रश्मोर क्षेत्रका नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस २०१९ शनिबार एक विशेष कार्यक्रमका साथ मनाएको छ ।

कमयुनिटीले विगत केहि वर्षदेखि स्थानीय नेपाली तथा अन्य समुदाय समेतलाई समेत समेट्ने गरि विभिन्न विधामा सचेत गराउने उद्धेश्यले इन्फोमेसन डे को रुपमा नारी दिवसलाई मनाउने गरेको छ ।

यो वर्ष अपराध र रोकथामका विषयमा पीएसओ दुर्गा थापा तथा गोर्खा वेलफेयर सम्बनधमा क्याप्टेन महेन्द्र लिम्बु र क्याप्टेन ग्यारी घलेले जानकारी गराएका थिए । मानसिक स्वास्थ्यका विषयमा सुष्मा गुरुङ र निक्की जेंकिंग, फायर एण्ड सेफ्टीबारे फायर इन्सपेक्टर ग्यारथ र उनको टिम र हेल्थी लिभिङ्गबारे निशा शर्माका साथै काउन्सिल इन्फोरमेसन सुशिला राना, घरेलु हिंसासम्बन्धी विषयमा क्यरन इवान र एलिजा गुरुङ समेतले प्रिजेन्टेसन दिएका थिए ।

दुई चरणमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रशमोर बरो काउन्सिलका उपमेयर सु कार्टर, विशेष अतिथि सांसद लियो डोचेर्टी, जी आरएनसी अध्यक्ष जीव बेल्वासे, निवर्तमान अध्यक्ष ओम थापा, एनआरएन आइसीसी सदस्य सुष्मा राई, जीआरएनसी महिला विभागकी प्रमुख एवं कार्यक्रम संयोजक लिला सेलिम र विभागकी पूर्व प्रमुख पुष्पा गुरुंगले पानसमा बत्ति बालेर गरेका थिए । कार्यक्रम संयोजक लिला सेलिमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको पहिलो चरणमा जीआरएनसी महिला विभाग सह प्रमुख सुष्मा राईले स्वागत मन्तव्य दिइन् भने प्रमुख अतिथि रशमोर बरो काउन्सिलका उपमेयर सु कार्टर, विशेष अतिथि सांसद लियो डोचेर्टीले शुभकामना मन्तव्य दिएका थिए।

शुभकामना मन्तव्यकै क्रममा अध्यक्ष जीव बेल्वासेले जीआरएनसीको स्थानिय प्रहरी प्रशासन, काउन्सिल, रश्मोर फायर एण्ड रेस्क्यु सर्भिस, आर्मी, रश्मोर भोलेन्टियर सर्भिसलगायत अरु समुदायसंगको समन्वय, संस्थाको विगत, वर्तमान र भविष्यका योजना सहितका विषयमा प्रकाश पारेका थिए । कार्यक्रम संयोजक लिला सेलिमले सबैलाई धन्यवाद दिदैं पहिलो चरणको कार्यक्रम समापन गरेकी थिइन् ।

दोस्रो चरणको प्रिजेन्टेसन सम्बन्धी कार्यक्रम महासचिव मान गुरुङले सञ्चालन गरेका थिए।करिव ५ सय भन्दा बढीको सहभागिता भएको उक्त कार्यक्रमको अन्त्यमा जीआरएनसीको लोगोअंिकत केक काटिएको थियो।

संस्थाका वरिष्ठ उपाध्यक्ष रामधन राई, कोषाध्यक्ष टोप पल्ली लगायत कार्यसमितिका अधिकांश सदस्यहरु, सल्लाहकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु लगायतको सहभागिता रहेको उक्त कार्यक्रमको लागि सल्लाहकार, कार्यसमिति, महिला विभागका सहप्रमुख सुष्मा गुरुङ, प्रवक्ता प्रमिला राई,रोजी राई, अनिता राई, पुष्पा गुरुङ, हल प्रायोजक पुरन गिरि, नारायण गिरि, राज गुरुङ लगायतको सहयोग एवं लिला सेलिमको संयोजनमा सफलतापूर्वक सम्पन्न भएको थियो ।