१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरीको नयाँ कार्यालय भवन शिलान्यास

sarusaru
२७ फाल्गुन २०७५, सोमबार ०२:३७

इनरुवा : जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ ।

रु छ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै शिलान्यास गर्नुभयो ।

हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत नयाँ भवन निर्माणका लागि निकै अघिबाट पहल थालिएको थियो । २०७६ माघ २१ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने बताइएको छ ।

कार्यक्रममा प्रहरी प्रमुख रिजालले सत्य सेवा सुरक्षणमको नारालाई आत्मसात् गर्दै कर्तव्य निष्ठ भई इमान्दारिताका साथ कार्यसम्पादनमा जुटेकोे प्रहरी सङ्गठनलाई कोही कसैले बदनाम गराउन खोज्छ भने त्यो सहैय नहुने धारणा राख्नुभयो ।

रासस