७ बैशाख २०८१, शुक्रबार
Follow Us

१० लाख बराबरको विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

sarusaru
२७ फाल्गुन २०७५, सोमबार ०३:२०

भक्तपुर । नेपाली सेनाको सूर्यविनायकस्थित वीरदल गणले जिल्ला विपद् व्यवस्थापन समितिलाई रु १० लाख बराबरका विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ।

नेपाली सेनाले आइतबार आयोजना गरेको विपद् व्यवस्थापन सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल प्रहरी र सशत्र प्रहरीलाई सामग्री हस्तान्तरण गरेको हो।

नेपाली सेनाले रेस्क्यू रोप, सेफ्टी हेल्मेट, भर्याङ्ग, लाइफ ज्याकेट, अग्नी नियन्त्रण यन्त्र, चेनसलगायतका सामग्री हस्तान्तरण गरेको छ।

आइतबारदेखि नेपाली सेनाको भक्तपुरस्थित वीरदल गणले दुई दिने विपद् व्यवस्थापनसम्बन्धी तालीमसमेत सञ्चालन गरेको छ।

भक्तपुर जिल्लामा आइपर्ने प्राकृतिक प्रकोप, बाढीपहिरो, आगलागीजस्ता विपद्को व्यवस्थापन तथा नियन्त्रणका लागि नेपाली सेना सशस्त्र र नेपाली प्रहरी गरी ६७ लाई विपद् व्यवस्थापन तालीमसमेत दिइएको छ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा र नेपाली सेनाको उपत्यका प्रितनापति शशी चन्द्रबहादुर सिंहले संयुक्तरुपमा सामग्री व्यवस्थापन स्टोरको उद्घाटनसमेत गरे।

विपद् व्यवस्थापन सामग्री सहयोग गर्ने रोमन शिलाकारलाई नेपाली सेना वीरदल गणले सम्मानपत्र प्रदान गरेको छ।
डिसी नेपाल