१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिके राउतसँग सहमतिको विरोध भएपछि बोले प्रधानमन्त्रीका सल्लाहकार

sarusaru
२७ फाल्गुन २०७५, सोमबार ०६:४८

शुक्रबार स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएपछि अहिले राजनीति तरंगित बनेको छ ।
सहमतिलाई लिएर सत्तारुढ दल नेकपाभित्रैबाट विरोध सुरु भएको छ ।
यही क्रमा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले आलोचनालाई कडा जवाफ दिएका छन् ।
उनले ट्वीटरमार्फत आफूहरुले गल्ती गरेपनि फसेपनि, फसाइएपनि केही नहुने भन्दै मुलुकको चिन्ता लिनेहरु ‘उहाँहरु’ हुनुहुन्छ भन्दै आलोचना गर्नेहरुप्रति खनिएका छन् । ‘ नेताहरू––झुक्किए, फसे वा फसाइए, या तिनीहरूले गल्ती नै गरे पनि कोइवात छैन– हामी धन्य छौं’ रिमालले कटाक्ष गर्दै भनेका छन्, ‘मुलुक जोगाउने एक से एक उहाँहरू हुनुहुन्छ।’
उनले आलोचना गर्नेहरुको जन्मअघि मुलुक कसरी जोगिएको रहेछ भन्दै व्यङ्ग्य पनि गरेका छन् । उनले नेकपाका नेताहरु श्रेष्ठ, रावल र शर्मालगायतप्रति लक्षित गर्दै ट्वीटरमा भनेका छन्, ‘ आङ सिरिङ्ग हुन्छ र, साह्रै आश्चर्य लागि रहेको छ, उहॉहरूको जन्मअघि यो मुलुक कसरी जोगिए छ ?’

गत शुक्रबार सरकार र सीके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच राजनीतिक सहमति भएको थियो भने आइतबार सीके राउत जनकपुर जाँदा उनका समर्थकहरुले ‘सम्झौतापश्चात् परित्याग गरिएको भनिएको’ ‘स्वतन्त्र मधेश’ को विखण्डनकारी नारा र माग लगाएका थिए ।