१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रहरीलाई घुस दिन खोज्ने टिपर चालक पक्राउ

sarusaru
२७ फाल्गुन २०७५, सोमबार ०७:१७

भक्तपुर–मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकबाट प्रहरीलाई १ हजार १ सय ५० रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने बा.२ ख ७२७१ नम्बरको ट्रिपरका चालक सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० का २८ वर्षीय मन्दिर माझीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित खटिएको प्रहरीले उक्त ट्रिपर जाँच गर्ने क्रममा चालक माझीको साथमा सवारी चालक अनुमतिपत्र नभएकाले उनले उक्त रकम दिई प्रहरीलाई प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।