१३ बैशाख २०८१, बिहीबार
Follow Us

लुकाईछिपाई भारततर्फ लैजाँदै गरेको सुन र चाँदी सहित पक्राउ

sarusaru
२७ फाल्गुन २०७५, सोमबार ०७:१८

धनुषा, २७ फागुन – जनकपुर उपमहानगरपालिका-१५ स्थित भित्री सडकखण्डबाट लुकाईछिपाई भारततर्फ लैजान लागेको करिब १ सय ग्राम सुन र करिब २५ किलो चाँदी सहित भारत मधुवनी बस्ने ३७ वर्षीय कृष्णकुमार महतो र सोही ठाउँ बस्ने ३० वर्षीय रूपेश महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित कुवावाट लोहना हुँदै भारततर्फ जाँदै गरेको बिआर ३२ एस ४३५७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्की मुनी लुकाईछिपाई राखेको उक्त सुन र चाँदी फेला पारी चालक कृष्णकुमार र मोटरसाइकलमा सवार रूपेशलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।