८ बैशाख २०८१, शनिबार
Follow Us

सहमतिको ड्राफ्ट बाहिरबाटै आयो – डा. केसी

sarusaru
२७ फाल्गुन २०७५, सोमबार ११:१२

काठमाडौं–राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त राउत (सिके) बीच भएको ११ बूँदे सहमतिको ड्राफ्ट अन्यत्रैबाट आएको बताएका छन ।
संवाद चौतारीमा आयोजित अन्तरसम्बाद कार्यक्रममा बोल्दै डा. केसीले ड्राफ्ट अंग्रेजीमा बनेको र त्यसको उल्था नेपालीमा गर्दा भाषामा समस्या भएको दावी गरे । ‘बाहिरबाट ड्राफ्ट आएकाले शब्दको उल्थामा फरक परेको हो ’ केसीले भन्ने ‘सहमति उनीहरुले गरेका भए राम्रो आउँथ्यो अर्काले गरेको कामको पछि लाग्दा सरकार समस्यामा परेको हो ।’
केसीले विगतमा भएका महत्वपूर्ण सहमति पनि विदेशी भूमीमा भएकाले शंका गर्ने आधार धेरै भएको प्रष्ट पारे । उनले शब्दलाई जसले जसरी व्याख्या गरेपनि ‘जनअभिमत’ भन्नाले जनमतसंग्रह नै हो भन्ने बुझिने ठोकुवा गरे । केसीले ११ बूँदे सहमतिले नेपाल र नेपालीको अहितमा काम गरेकाले वास्तविक के हो सरकारले जनतामाझ प्रष्ट पार्नुपर्ने बताए ।
केसीले मधेसी जनताको पक्षमा सरकार अनुदार भएको समेत उनको भनाई थियो । उनले मुलुक विखण्डन गरेर मधेश र मधेशीको हित चिताउन नहुने बताए । शुक्रबार नेपाल सरकार र राउतबीच ११ बूँदे सम्झौता भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सोमप्रसाद पाण्डेले सहमतिलाई ठूलो उपलब्धी भएको बताए छन । उनले मधेशमा विखण्डन गर्दै आएको समूहलाई वार्तामा ल्याउनु सकारात्मक भएको स्पष्ट पारे । पाण्डेले सहमति अचानक नभएको र राउतका दाजुसँग पटकपटक त्यसअघि छलफल भएको समेत बताए ।
‘जन अभिमत’ भनेको जनमतसंग्रह होइन र हुनपनि सक्दैन’ पाण्डेले भने ‘राउत पनि अखण्ड राष्ट्रको पक्षमा आउनुभएको छ, बजारमा जुन भ्रम फैलाइएको छ यसलाई सरकारले स्पष्ट पार्नुपर्छ ।’