१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल एसोसिएसनको नाममा एनआरएनए युएई दर्ता

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७५, सोमबार १५:०९

युएई–नेपाल एसोसिएसनको नाममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए,एनसीसी) यूएईमा दर्ता भएको छ ।

एनआएनए युएईको अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) कम्युनिटी डेभलपमेन्ट अथोरिटी (सीडिए) मा दर्ता भएको हो ।

जसको कार्यकाल एक बर्षको हुनेछ।

संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, मनोरञ्जन र परोपकारी क्षेत्रमा काम गर्ने सक्ने उल्लेख गरिएको छ।

युएईको कानुन अनुसार सामाजिक संस्था दर्ता गर्न युएईका स्थानिय नागरिक २ जना सहित न्युनतम् ८ जना रहनु पर्नै प्रावधान छ। जसमा एनआरएनए अध्यक्ष सहित अन्य ७ जना पदाधिकारीहरु रहेका छन्।

एनआरएनए युएई कानुनी रुपमा दर्ता भएको दोस्रो नेपाली गैर नाफा मुलक सामाजिक संस्था हो। यसअघि ‘हामी नेपाली’ नामक संस्था युएईमा दर्ता भैसकेको छ।