७ बैशाख २०८१, शुक्रबार
Follow Us

शिल्पालाई दिक्पालको ‘प्रेम प्रस्ताव’ (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७५, सोमबार २२:२१

गायिका सरु गौतमको नयाँ प्रेम गीत सार्वजनिक भएको छ । ‘मेरो प्रेम प्रस्ताव’ बोलको रोमान्टिक नम्बर सार्वजनिक भएको हो । गीतमा ध्रुव बिस्कोको पुरुष स्वर छ ।

कुमार कटुवालले लेखेको गीतमा दिपक शर्माले संगीत भरेका छन् । गीतको म्यूजिक एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन् ।

भिडियोमा उनीहरुको ‘लभ क्यामेस्ट्री’ गज्जब देखिन्छ । देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोलाई साहिल खानले सम्पादन र उत्सव दाहालले छायांकन गरेका छन् । भिडियोमा भिएफएक्स अच्युज बजगाईं र कलर ग्रेडिङ मनोरञ्जन श्रेष्ठको छ ।
‘गीत र यसको भिडियो हामीले कुनै कम्प्रोमाइज नगरी बनाएका छौैँ,’ गायिका सरुले भनिन्, ‘प्रेम गर्नेहरुका लागि यो गीत हाम्रोतर्फबाट सुन्दर उपहार हो । सुन्दा झर्को नलाग्ला भन्ने आशा छ ।’