१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाहको उम्मेदवारी घोषणा

नेपालब्रिटेन डट कम्
२७ फाल्गुन २०७५, सोमबार २२:२७

टेक्सास । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले आगामी कार्यकाल २०१९ / ०२१ को लागि अध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेका छन् । शनिवार साँझ अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुुन् ।गृह राज्य टेक्ससमा उम्मेदवारी घोषणा कार्यक्रमको आयोजना गरी अध्यक्षमा प्रतिस्पर्धा गर्ने उनले सार्वजनिक गरेका हुन्।

निर्वाचन समिति सदस्य, सल्लाहकार हुँदै एनआरएनए एनससिसी अमेरिकाको बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हुँदै आगामी निवार्चनमा अध्यक्ष पदका दावेदार शाह पेशाले आईटी ईन्जिनियर हुन्। सन २००४ मा अमेरिकामा उनि फ्लोलोरिडाबाट माष्टर डिग्री सकेर सन सन २००५ देखि सुचना प्रविधि क्षेत्रमा सक्रिय छन्।

सन २०११ देखि एनआरएनमा आवद्ध रहेका शाहले सकारात्मक सोच र हरेक कामलाई लगनका साथ हेर्नुपर्ने मान्यता राख्दै एनआरएनए अमेरिकाले धेरैं मुद्दाहरुमा काम गर्न बाकी रहेको वर्तमान अवस्थामा संस्थालाई गतिशिल बनाउदैं प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका छन्।

शाहले दुई वर्ष संस्थाभित्र रहेर काम गर्दाको अनुभव र भोगाईबाट संस्थालाई थप गतिशील बनाउन लिइएको लक्ष र केही कामको सूचि रहेको बताएका छन् । अमेरिकामा आएर नेपालीहरूले प्राप्त गरेको ज्ञान, सिप, क्षमता, अनुभव र अनुसन्धानलाई नेपाल र नेपालीको हितमा जोड्न सुरु गरिएको कामलाई परिणाममुखी बनाउने उनले प्राथमिक एजेन्डाका रूपमा अगाडि ल्याएका छन्।

त्यस्तै शाहको गैरआवासीय नेपिालीको हकहित र अधिकारका पक्षमा नेपाल सरकारसँग चलिरहेका छलफललाई सार्थक बनाउन र सम्झौतालाई कार्यान्वयन गर्ने पक्षमा एनआरएनए अमेरिकालाई आइसीसीको बलियो शक्तिको रूपमा उभ्याउने अर्को एजेन्डा रहेको छ। शाहले बर्तमान कार्यसमितिले शुरुवात गरेका राम्रा कामहरुको निरन्तरता पनि आफ्न्नो प्राथमिकतामा रहने बताएका छन्।

बिद्यार्थीका रुपमा अमेरिका प्रवेश गरेका उनले अमेरिकामा रहेका बिद्यार्थीका लागि बिद्यार्थी लक्षित विभिन्न योजनाहरु पनि अघि सारेका छन् । त्यस्तै अमेरिकामा रहेका अन्य देशका गैर आवासीय संस्थाहरुसँग समन्वय गर्ने उनको कार्ययोजनामा छ । शाहले अमेरिकामा कार्यरत नेपालीसँग संस्था मात्र नभई भारत, चिन, बङ्गलादेश, पाकिस्तान लगायत छिमेकी देशहरूले आप्रवासीका लागि गरेका कामबाट सिकेर अगाडि बढ्न सकिने एजेन्डामा उल्लेख गरेका छन्।

बर्तमान कार्यकालमा अमेरिकामा रहेका नेपाली संघ– संस्था र एनआरएनए अमेरिकाका धेरै कार्यक्रममा सहभागी भएर सम्पर्क सञ्जाल निर्माण गरेका शाहलाई अध्यक्षका बलियो प्रत्यासीका रूपमा धेरैले लिने गरेका छन् । शाहभन्दा अगाडि प्रवक्ता विनोद कुमार तिवारी, बोर्ड अफ डाइरेक्टर अर्जुन बनजाडे, बोर्ड अफ डाइरेक्टर सञ्जय थापा, पूर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल, पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले फेसवुकबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए।

आगामी जुन महिनाको पहिलो साततिर हुने अनुमान गरिएको एनआरएनए अमेरिकाको निर्वाचनमा विभिन्न पदका आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्।