१५ बैशाख २०८१, शनिबार
Follow Us

दुर्घटनामा एकको मृत्यु

sarusaru
२८ फाल्गुन २०७५, मंगलवार ०५:१६

बेत्रावती : नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ ।

देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हँुदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो । बा६३प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

रासस