८ बैशाख २०८१, शनिबार
Follow Us

सरकार र सिके राउतबीचको सम्झौताविरुद्ध सिटी जुलुस

sarusaru
२८ फाल्गुन २०७५, मंगलवार ०५:५३

सर्लाही– सरकार र सिके राउतवीच भएको ११ बुँदे सम्झौताको विरोधमा सर्लाहीका विद्यार्थीहरुले सिटी जुलुस निकालेका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सर्लाहीको हरिवनमा रहेको चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंगलबार सिटी जुलुस निकालेका हुन् ।
नेपाल सरकारले देशद्रोही सिके राउतसँग सम्झौता गरी राष्ट्रघाती निर्णय गरेको भन्दै त्यसको विरुद्धमा सिटी जुलुस निकालिएको स्वावियु सभापति प्रज्जव ढुंगानाले जानकारी दिए ।
विद्यार्थीहरुले सहमतिको बुँदानम्बर २ र ६ को सम्झौता विरुद्ध सिटी जुलुस निकालेको अनेरास्वावियुकी केन्द्रीय सचिव आरती लामाले बताइन् ।