१३ बैशाख २०८१, बिहीबार
Follow Us

मन्त्री फेर्ने तयारीमा केपी ओली, प्रचण्डले दिए ‘ग्रिन सिग्नल

sarusaru
२८ फाल्गुन २०७५, मंगलवार ०९:५१

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । यसबारे आजै ओलीले नेकपा प्रचण्डसँग छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको दुई अध्यक्षबीचको भेटमा मन्त्रिमण्डल पुर्गठन गर्नेबारेमा छलफल भएको हो ।
नेकपा अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा आफू र प्रधानमन्त्री ओलीबीच छलफल भएको खुलासा गरेका हुन् ।
विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रधामन्त्री ओलीसँग मन्त्रिमण्डल पुनर्गनका विषयमा छलफल भएको बताए ।
‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाव गर्नुहुन्छ, त्यसमा बढी भर पर्छ । हाम्रो सिस्टम भनेको प्रधानमन्त्रीकै छ । उहाँले कसरी मूल्यांकन गर्नुहुन्छ, त्यसमा भर पर्छ’, प्रचण्डले भने, ‘आज मात्रै प्रधानमन्त्रीसँग पुनर्गठनको बारेमा कुराचाहिँ भएको छ ।’
प्रचण्डले मन्त्री फेर्ने वा पुनर्गठन गर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई नै दिइएको पनि जानकारी दिए । ‘प्रधानमन्त्रीजीको म हेरिरहेको छु भन्ने भनाई रहेको छ । मैले यो तपाईकै मूल्यांकनमा भर पर्ने कुरा हो आवश्यक निर्णय गर्नुस् भनेको छु, यो तपाईको कार्यक्षेत्र पनि उहाँकै हो’ प्रचण्डले भने ।