११ बैशाख २०८१, मंगलवार
Follow Us

सरकारद्धारा विप्लव समूहलाई आतंककारी घोषणा


२८ फाल्गुन २०७५, मंगलवार १४:४०

काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउदैं आतंकारी घोषणा गरेको हो ।

विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्दै आएको थियो ।

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको छ ।