१४ बैशाख २०८१, शुक्रबार
Follow Us

धुलोबाट चन्द्रागिरीका स्थानिय आजित


२८ फाल्गुन २०७५, मंगलवार १४:४६

काठमाडौं । दैनिक उड्न धुलो र धुँवाले आजित चन्द्रागिरिका स्थानियहरु सडकमा उत्रिएका छन् । कलंकी नागढुंगा सडक खण्ड लामो समयदेखि निर्माण भइ नसक्दा स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर गरेको भन्दै चन्द्रागिरिका स्थानीयहरुले आज सडक नै अवरुद्ध पार्दै विरोध प्रर्दशन गरे ।

चन्द्रगिरि स्थित कंलकी नागढुंगा सडक खण्ड अन्र्तगत विधुत प्राधिकरण गेट नजिक स्थानीयवासीको अवरोधका कारण कलंकी नागढुंगा सडक अवरुद्ध भएको हो । लामो समयसम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले करिब दुई घण्टा सडक अवरुद्ध गरेका हुन्् ।
सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहरुले सडकमा ड्रम,वोतल र ढुङगा राखेरै सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो ।
महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी प्रमुख शकंर खड््काले स्थानीयबासीले सडक अवरुद्ध गर्दा सडक जाम भए पछि प्रहरीले संमन्वयन गरी सडक खुलाएको बताए । नागढुंगा कलंकी सडकमा अवरोध हुँदा त्रिभुवन राजपथ समेत सवारी आवागमनमा समस्या देखिएको थियो ।
सडक निर्माणमा ढिलाइ हुँदा आफूहरूले सास्ती भोग्नुपरेको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन्् । दैनिक १५ हजारभन्दा धेरै सवारी चल्ने यो सडकमा धुलो उडेर दिउँसै अँध्यारो हुन्छ । ‘धुलो उडेर पाँच मिटर अगाडिको दृश्य पनि देख्न सकिँदैन हाम्रा बालबालिका यहि धुलोकै कारण बिरामी भइसके, हामी अब धुलो खाएर बस्न सक्दैनौं’ स्थानिय समाज सेवी देवेन्द्र प्रधानले वताए ।
बर्खामा हिलो र अन्य समयमा धुलो उड््दा त्यस क्षेत्रका स्थानीयबासीको दैनिकीमा समेत असर परेको छ । कच्ची सडक भएकै कारण अन्य समयमा पनि जामको समस्या बढेको बताउँछन, चन्द्रगिरि नगपालिका १ का सलमान थापा ‘काठमाडौं भित्रने र बाहिर जाने गाडीहरुको नाका भएकोले जतिसुकै बेला गाडीहरुको चाप हुन्छ, सडकमा खाल्डाखुल्डी वाहेक केहि छैन, जतिसक्दो चाँडो पिच गरे हुने ।’
नागढुंगा कंलकी सर्वदलिय सडक सर्घष समितिका अध्यक्ष राजेन्द्र विक्रम वानियाँले सडकको दुरवस्थाका कारण ट्राफिक जाम बढेको बताए । ‘सडक राम्रो भए यस्तो जामै हुने थिएन’ उनी भन्छिन ‘धुलोका कारण दम,खोकी बढ््न थालेको छ, कहिलेसम्म खानुपर्ने हो यो धुलो रु’सडककै कारण स्थानियहरुले मृत्यु वरण गर्नु परेको छ ।
राजधानी भित्रिने प्रमुख नाकाको रूपमा रहेको नागढुंगा सडक समयमै निर्माण सम्पन्न नहुँदा उपत्यका बाहिरिने र भित्रिने सबै सवारीसाधन जाममा पर्ने गरेका छन्् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ ।

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सुरु गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो ।

तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन । कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन ।