८ बैशाख २०८१, शनिबार
Follow Us

विप्लवविरुद्ध कडा निर्णय गर्दै अष्ट्रिया उडे गृहमन्त्री बादल

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७५, मंगलवार १६:०५

काठमाडौं– विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध गराउने निर्णय गराएर गृहमन्त्री रामबहादुर थापा अष्ट्रिया प्रस्थान गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेकपा आपराधिक क्रियाकलापमा संलग्न रहेको ठहरसहित प्रतिवन्ध गराउने निर्णय गरेको थियो ।
सो बैठक सकिएलगत्तै उनी अष्ट्रियामा तय भएको एक सुरक्षासम्बन्धी कार्यक्रमका लागि नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन् ।