१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ओली–प्रचण्डको हत्या योजना बनेको खुलेपछि विप्लवमाथि प्रतिबन्ध ?

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७५, मंगलवार १७:२६

काठमाडौं– विप्लव नेतृत्वको नेकपामाथि सरकारले गम्भीर आरोप लगाएको छ । उच्च सरकारी स्रोतका अनुसार विप्लवको पार्टीले प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको हत्या योजना बनाएका थिए । सोही योजनाको सुइँको प्रधानमन्त्रीसम्म आइपुगेपछि हतारहतार सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको हो ।
पछिल्लो केही सातायता विप्लवको पार्टीले अराजक गतिविधिलाई तीब्र पारेको थियो । यही क्रममा प्रधानमन्त्री विप्लवको पार्टीप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका थिए ।
यही क्रममा प्रधानमन्त्रीसम्म गम्भीर सुचना आइपुगेपछि मंगलबार क्याबिनेटले सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नै सुरक्षामाथि गम्भीर खतराको संकेत गरेलगत्तै गृहमन्त्री बादलको प्रस्तावमा विप्लवमाथि प्रतिबन्ध लगाउने निर्णय क्याबिनेटले गरेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले यसबारे मन्त्रीहरुसामु ब्रिफिङ नै गरेको स्रोतको दाबी छ । पक्राउ परेका कार्यकर्तामार्फत सुरक्षा निकायले ओली प्रचण्डको हत्यासम्बन्धी लिखित निर्णय नै प्राप्त गरेको दाबी गरिएको छ ।

प्रमले यस्तो ब्रिफिङ गरेपनि तर सुरक्षा निकायले भने यसबारे पुष्टि गरेको छैन ।