१२ बैशाख २०८१, बुधबार
Follow Us

सप्तरीमा मोटरसाइकलाई बसले हान्यो ३ को मृत्यु


२९ फाल्गुन २०७५, बुधबार ०६:५७

सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कुसहामा विपरित दिशातर्फबाट आईरहेको मोटरसाइकललाई १ ख ४९६४ यात्रुबाहक बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

सो क्रममा को ३४ प ६४३५ नम्बरको मोटरसाइकलमा सवार २ जना र बसमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालले मोटरसाइकलमा सवार सप्तरीको सुरुङा नगरपालिका ५ का मो मजलुम मियाँ र रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो । बसमा सवारको सनाखत हुन बाँकी छ ।