१३ बैशाख २०८१, बिहीबार
Follow Us

कपिल शर्माको ‘शो’ की दादी अली असगर सवार कार दुर्घटना


२९ फाल्गुन २०७५, बुधबार ०७:१६

मुम्बई – भारतीय टिभी शोका चर्चित कमेडियन अली असगर कार दुर्घटनामा परेका छन् ।
हालै दुर्घटनामा परेका अलीको अवस्था अहिले एकदमै ठीक रहेको छ । उनको कार दक्षिण मुम्बईको हाईवेमा एक ट्रकसँग ठोक्किन पुगेको थियो । दुर्घटनाको समय अली आफ्नो कार आफैं चलाउदै थिए ।
कपिलको कमेडी शो कपिल शर्मा शोमा नानीको भूमिकाबाट लोक प्रिय अलीले दुर्घटनाको समाचार ट्वीट मार्फत सार्वजनिक गरेका हुन् ।
‘मेरो कारलाई एक गाडीले ठक्कर दियो । त्यसपछि कार ट्रकसँग ठोकिन पुग्यो’ अलीको ट्वीटमा अगाडि लेखेका छन् ‘दुर्घटनाको खबर पुलिसलाई समेत जानकारुी दिएको छु ।’
अलीले दुर्घटनामा आफू सकुशल रहेकोले इश्वरलाई समेत धन्यवाद दिएका छन् ।
कपिलको सबैभन्दा पहिलो रियालटी शो ‘कमेडी नाइट्स विद कपिल’मा अलीले दादीका भूमिकामा देखिएका थिए । उनको यो भूमिका फ्यानले रुचाएका छन् ।