८ बैशाख २०८१, शनिबार
Follow Us

यादवले पठाए अख्तियारलाई चिठी

sarusaru
२९ फाल्गुन २०७५, बुधबार ११:०६

उपप्रधान एवंम स्वास्थ्यमन्त्री उपेन्द्र यादवले धरान बि.पि कोइराला प्रतिष्ठानमा भएको अनिमितताको बारेमा छानविन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र पठाएका छन् ।
धरानस्थित नेपालकै प्रतिष्ठित बी पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा भएको अनियमितता बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गरी कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि आयोगलाई आग्रह गरेको हो ।
प्रतिष्ठानमा बिगतदेखि भएका अनियमितताका सम्बन्धमा विभिन्न सञ्चार माध्याममा आएका तथा सरकारले गठन गरेका दुइवटा समितिको छानविन प्रतिवदेनका आधारमा स्वास्थ्य मन्त्री यादवबाट निर्णय गरी अख्तियारमा पठाइएको छ ।