१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेले नारी दिवस आइतवार मनाउने


२९ फाल्गुन २०७५, बुधबार २३:५६

लन्डन । एनआरएन यूकेले हरेक वर्ष जस्तै अन्तर्राष्ट्रीय नारी दिवस एक विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

यहि मार्च १७ तारिख आइतबार अल्डर्सटको एम्पायर हलमा १०९ औं नारी दिवस विशेष कार्यक्रम आयोजना हुँदैछ ।

एनआरएन यूकेको महिला विभागको संयोजनमा अन्तरक्रिया , प्रशिक्षण र विविध सांस्कृतिक कार्यक्रम सहित नारी दिवस मनाउन लागिएको हो ।

कार्यक्रम कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत लुम्ले, चन्द्रकोटमा रहेको संगम माविको सहयोगार्थ हुने जानकारी आयोजक एनआरएन यूके महिला विभाग संयोजक लिलादेवी गुरुङले गराएकी छन् । विकट भेगमा अवस्थित उक्त विद्यालय भवन जीर्ण अवस्थामा रहेको कारण सहयोगको सोंच बनाइएको संयोजक गुरुङले बताइन् ।

बेलायतका लागि नेपाली राजदूत पत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतस्थित विभिना नेपाली संघ संस्थामा आवद्ध महिलाहरुलाई निम्त्याइएको छ ।

त्यस अवसरमा महिलासंग सम्बन्धित विभिन्न विषयमा प्रवचन, प्रशिक्षणका साथै मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमहरु देखाउने तयारी पनि छ ।

दिउसो १ बजेदेखि सांझ ५ बजेसम्मका लागि निर्धारित कार्यक्रमका लागि १० पाउण्डको प्रवेश शुल्क राखिएको छ ।

कार्क्रमकी संयोजक एवम् एनआरएन यूके महिला विभाग संयोजक लिलादेवी गुरुङले बेलायतमा बस्ने सम्पुर्ण नेपाली महिला तथा सज्जनहरुलाई कार्यक्रममा निमन्त्रणा गरेकी छन् ।

कार्यक्रममा २ सय भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा छ । कार्यक्रमका लागि प्लमम्स्टिडबाट १ कोच नै लैजाने तयारी गरिएको छ

एनआरएन यूकेको महिला विभागले विगतदेखि नै हरेक वर्ष नारी दिवसमा च्यारिटी कार्यक्रम गरी नेपालमा सहयोग गर्दै आएको छ ।