४ बैशाख २०८१, मंगलवार
Follow Us

विप्लव समूहको बन्दले जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७५, बिहीबार ०१:२६

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले बिहीबार नेपाल बन्दको आह्वान गरेको छ ।आफ्नो पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गरिनुपर्ने, देशव्यापी धरपकड रोकिनुपर्ने लगायतका माग गर्दै विप्लव समूहले बन्दको आह्वान गरेको हो । 

बन्दको राजधानीसहित देशभर सामान्य प्रभाव परेको छ ।  
राजधानीमा अरुदिनको तुलनामा केही कम सवारी साधन चलेपनि बन्दकर्ता सडकमा देखिँदैनन् । तर, बिहानीसत्रको अधिकांश कलेज बन्द रहेका छन् । यस्तै बजार उद्योग तथा कलकारखानामा पनि बन्दको सामान्य प्रभाव देखिएको छ । 
विप्वलको बन्दलाई प्रभावहीन बनाउन राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।