११ बैशाख २०८१, मंगलवार
Follow Us

बुटवलको कालिका नगरमा बम भेटियो

sarusaru
३० फाल्गुन २०७५, बिहीबार ०४:५६

बुटवल –सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधिमाथि रोक लगाउने निर्णयसंगै ठाँउठाँउमा शंकास्पद बस्तु भेटिएका छन् ।
बुटवलको कालिकानगरमा बम फेला परेको छ ।
ईलाका प्रहरी कार्यलय बुटवलका डिएसपी डिलबहादुर मल्लले आतंक फैलाउन हाते बम राखेको पाइएको जनाकारी दिए । उनले भेटिएका वमलाई नेपाली सेनाले डिस्पोज गरेको जानकारी दिएका छन् ।
बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको कालिकानगर कालिकाचोकमा डिभाईडरमाथि कालो रंगको शंकास्पद बस्तु भेटिएपछि सर्वसाधारण त्रसित भएका छन् ।
यसैवीच बन्दको प्रभाब ५ नम्बर प्रदेशका जिल्लामा परेको छ । बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन् । तर सार्बजनिक यातायात,कलकारखाना,स्कुल,कलेज,ब्यापार ब्यसाय प्राय ठप्प छ ।
प्रशासनले सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ भएका छन् । बुटवल, भैरहवा, पाल्पा, अर्घाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् ।