१३ बैशाख २०८१, बिहीबार
Follow Us

मधेशमा विखण्डनको मुद्दा अन्त्य भयो

sarusaru
३० फाल्गुन २०७५, बिहीबार ०५:५४

जनकपुर–सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मधेशमा अब कुनै किसिमको राष्ट्र विखण्डनको नारा नलाग्नेमा ढुक्क रहेको बताएका छन् ।

बिहीवार जनकपुरमा प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।

सिके राउत तर्फ ईङ्गित गर्दै मन्त्री पण्डितले भने, ‘केही दिन अघि ११ बुँदे सहमति पछि मधेशमा अब राष्ट्र विखण्डनको मुद्दा अन्त्य भएको छ । देश समृद्धि तथा विकासतर्फ अग्रसर हुनेछ ।’

उनले राजनीति द्वन्द्व समाप्त भएसङ्गै मुलुकमा स्थिरता कायम भएको पनि दाबी गरे ।
देश अब कुनै द्वन्द्वमा नफस्ने बताउँदै मन्त्री पण्डितले आवश्यकता अनुसार संविधान संशोधन हुने पनि बताए ।

उनले विप्लव समूहलाई अराजक गतिविधि छाडी सरकारले खुल्ला राखेको वार्ताको विकल्पमा आउन समेत आह्वान गरे ।