१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्मला हत्या प्रकरणका ६ प्रहरलिाई रिहा गर्न आदेश

sarusaru
३० फाल्गुन २०७५, बिहीबार ११:१६

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोग लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको हो । अदालतले भर्खरै डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको छ ।

एक साताअघी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्व डिएसपी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिएको थियो ।