१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्मला प्रकरणमा एसपी विष्टविरुद्ध पक्राउ पुर्जी

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७५, शुक्रबार ०१:५४

कञ्चनपुर–निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट र डीएसपी अंगुर जिसीलाई पक्रन जिल्ला अदालत कञ्चनपुरले पुर्जी जारी गरेको छ । सोही क्रममा मुद्दा लागेका अन्य छ जना भने धरौटीमा छुटेका छन् ।
कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित भएका ६ जना डिएसपी सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश गरेको हो । आदेशपछि उनीहरु बिहीबार नै छुटिसकेको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।