१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई दर्जन पत्रकार बोलाएर नवनियूक्त राजदूत डा. सुवेदीले के भने ?(भिडियो)

नेपालब्रिटेन डट कम्
२२ आश्विन २०७३, शनिबार ०७:२३

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत दुर्गा वहादुर सुवेदीले लामो समयसम्म बल्झिएको गोर्खा समस्या कूटनैतिक रूपमा हल गर्न लागि पर्ने बताएका छन् ।
बेलायतस्थित नेपाली पत्रकारहरूसँग शुक्रबार साँझ दूतावासमैं आयोजित शुभकामना भेट तथा संक्षिप्त अन्तर्क्रियालाई सम्बोधन गर्दै सुवेदीले गोर्खा समस्या द्विदेशीय र राजनैतिक प्रकृतिको भएकाले यसको सही उपचार पनि कूटनैतिक रुपमैं निकाल्न सकिनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।