१३ बैशाख २०८१, बिहीबार
Follow Us

न्युजिल्याण्ड गोलीकाण्डमा ४९ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७५, शुक्रबार ११:०९

न्युजिल्याण्ड, क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ। शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन्।
बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन्।
प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ‘कालो दिन’ भएको बताएकी छन्। यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन्।
‘क्राइस्टचर्च यी पीडितहरूको घर थियो। यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो। आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो।’